एमालेमा ८५ प्रतिशत महाधिवेशन प्रतिनिधि छानिए, केही स्थानमा चुनाव हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आइतबारसम्म ८५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ

आगामी मंसिर १०-१२ गते चितवनमा आयोजना हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम पूर्वनिर्धारित तालिका अनुसार देशभर शनिबार एकै दिनको प्रगति एमालेले सार्वजनिक गरेको छ।

एमालेले देशका अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन गरेको छ।

पार्टीले निर्धारण गरेको मापदण्ड अनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ।

अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशत प्रतिनिधि निर्वाचित भइसकेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।

आगामी मंगलबारसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरिसकिएको भट्टराईले बताए।

कुन कुन जिल्लामा सकियो? 

प्रदेश १
पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।

बागमती प्रदेश
दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर

उपत्यका विशेष कमिटी
पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी

गण्डकी प्रदेश
गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ

लुम्बिनी प्रदेश
गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया

कर्णाली प्रदेश
हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत

सुदूरपश्चिम प्रदेश
दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया जारी छ।

केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्रदेश कमिटीहरु, प्रदेश सम्पर्क कमिटीहरु र प्रवास समन्वय कमिटीबाट पनि प्रतिनिधि चयन भइसकेका भट्टराईले बताए।

पार्टीका केन्द्रीय विभागहरु र केन्द्रीय कार्यालयबाट प्रतिनिधि चयन भइसकेको पनि उनले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button