कृषिसामाग्री राजापुरमा स्थापना र भौरा टापुको उर्बर भूमिका लागि सिचाईको कार्यक्रम ल्याउने ः उम्मेदवार दिपेशथारु

मसिर २१ गतेहुने प्रदेश सभा र प्रतिनिधी सभालाई सम्बोधन गदै बर्दिया क्षेत्र २प्रदेश (२)का उम्मेदवार दिपेश थारुले यस क्षेत्र कृषिको उर्भर भूमि भएको हुँदा दोस्रो चरणको सिचाईको कार्यक्रम ल्याउने र कृषिकहरुको लागि मल खादको व्यवस्थापन मिलाउन कृषि सामाग्री संस्थाको स्थापना गराउने पहिलो प्राथमिक्ता रहेको बताउदै प्रचण्डको कार्यकालमा नै कृषकहरुकोलागि जोन ,सुपर जोन, पकेट तथा बल्क जस्ता कार्यक्रमहरु आएको बताउनु भयो । आपूm सधै कृषिक, व्यरोजगारी युवा जेष्ठनागरिक महिला तथा यस क्षेत्रको बिकासका लागि बिगत देखी नै लडिरहेको बताउदै उम्मेदवार थारुले स्र्थीर सरकार नहुँदा हिजो दिनमा भोग्नु परेको पिडालाई स्मरण गराउदै बोलीमा मात्र नभएर काम गरी देखाउने प्रतिबद्धता गरेका थिए ।
प्रतिनिधि सभा २ को उम्मेदवार सन्त कुमार चौधरीले २०६४ र २०७० सालको निर्वाचनमा हामीले जनतामा गरेको बाचा अनुसार बुद्धि बिबेकले संबिधान दिएको भएपनि बहुमतको सरकार नहुँदा सरकार डल्नेकामहरु भइ रहने गरेकोले जनताको लागि बहुमतकोसरकार आवश्यक ठानी कम्युनिष्टहरु एक भएको बताउदै बहुमतको सरकार भएमा काम गरी देखाउने र अबको समय बिकास निर्माण ,समृद्धि नेपाल बनाउने समय भएको हुँदा यसक्षेत्रको बिकासका कामलाई आफुले तिब्रता दिने बताउनु भयो । मन्त्री तथा उम्मेदवार चौधरीले कमहरीतथा सुकुम्बासीलाई जग्गा दिने जस्ता कुराहरु गरी ललीपप देखाउनेकामहरु भइरहेकोले त्यसमा सचेत भइ मासु र दारुमा नबिकि भोलीको दिनको भबिष्यको लागि अब तपाईहरु आफैले बुझनुपर्ने बताउनु भयो । निबर्तमान सासद मान बहादुर चौधरीले हामीले जनतालाई जसरी भएपनि सबिधान दिने र जनताकै सरकार बनाउने बाचाका साथ पहिलो चरणमा स्थानिय तहका निर्वाचन सम्पन्न भई अब प्रदेशतथा प्रतिनिधी सभाको निर्वाचन गराउने तर्फगइरहेको बताउदै जनताकोसंबिधान निर्माण गराउदै ठूलो राजनितिक लडाई लड्नु परेकोले अब बिकास निर्माण र समृद्धि नेपाल निर्माण गराउन २ तिहाई बहुमतको सरकार आवश्यक रहेको बताउनु भयो ।