चोरी कसुरमा ८ जना पक्राउ
अपराध

चोरी सम्बन्धी कसुरमा बर्दियामा ८ जना पक्राउ परेका छन् ।
बढैयाताल गाउँपालिका वडा नं. १ को कार्यालयबाट सिपियू लगायतका सामग्रीहरु चोरी गर्ने बढैयाताल १ निवासी वर्ष २३ को याम बहादुर वि.सी. लाई इलाका कार्यालय मैनापोखरबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको टोलीले चोरी भएका सामानहरुसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभएको छ ।
निज शाही र एक नाबालक सहित ८ जनालाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको हो ।