टोकियो पारालम्पिक : पलेशा रिपेचको सेमिफाइनलमा

जापानमा जारी टोकियो पारालम्पिक २०२० मा नेपालबाट सहभागी एक खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन रिपेजतर्फ  सेमिफाइनल पुगेकी छन् ।

पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।

के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशाले रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले पराजित गरिन् । यो जितपछि पलेशाले कास्य पदक जित्ने सम्भावना कायम राखेकी छन् ।

स्वर्ण र रजतको होडबाट बाहिरिसकेकी पलेशाले अब रिपेज सेमिफाइनलमा सर्वियनकी मारिजा मिसेभसँग प्रतिस्पर्धा गर्नेछन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button