वेवारिसे दुई व्यक्तिको उद्धार

कसरी गरियो उद्धार ?

७ माघ, घोराही

बबई गाउँपालिकामा दुईजना व्यक्तिलाई उद्धार गरिएको छ ।

गाउँपालिकाको पहलमा उनीहरुलाई उद्धार गरिएको हो ।

हापुरे र हंसपुर क्षेत्रमा बेबारिसे अबस्थामा बस्दै आएका दुई ब्यक्तिलाई उद्धार गरी मानब सेवा आश्रम सुर्खेत पठाइएको अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । नेपाल सरकारको लक्ष्य अनुसार उनीहरुलाई उद्धार गरिएको हो ।

सरकारले सडक मानवमुक्त देश बनाउने लक्ष्य लिएको भन्दै उनीहरुलाई उद्धार गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ । उनीहरुलाई गाउँपालिकाले सञ्चालन गर्दै आएको एम्बुलेन्स मार्फत् सुर्खेत पठाइएको छ ।
उनीहरुलाई पालिका अध्यक्ष पौडेलसहित वडाध्यक्षहरु टेकबहादुर वली, डम्बरबहादुर सिरिस मगर, चिन्तामणी शर्मा, ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरिक्षक मोहनबिक्रम केसी, स्वास्थ्य शाखाका उप संयोजक शरदराज गिरीको सहभागीतामा उद्धार गरिएको हो ।

–प्रेमबहाजुर राम्जामगरबाट

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button