श्रीमतीको जुगाडले श्रीमान बने ठेकेदार ।

भनिन्छ लोग्ने स्वास्नी एकरथका दुई पांग्रा हुन् । तर महिला पुरुष बराबर भनिय पनि नेपाली समाजमा प्रायः लोग्ने मानिस कै नाम अगाडि आउने गर्दछ । अझ बिहे भयो भने त महिलाको थर बदलिएर लोग्ने कै थर कायम हुन्छ । तर धनगढी पुरानो एअरपोर्टकीराधा चौधरीको प्रयासले उनका श्रीमान मिस्त्रीबाट ठेकेदार बनेका हुन् । उनी –३५ बर्ष धनगढी पुरानो एअरपोर्ट निबासी हुन् । घर बनाउने मिस्त्री रहेका उनका श्रीमान चुल्लु चौधरी श्रीमतीको प्रयासले ठे केदार बन्न सफल भएका छन् । पहिले उनी अरूकै ज्यालादारीमा काम गर्थे । अरूको अह्रन खटनमा काम गर्नुपर्दा
चुल्लु दिक्क हुन्थे । कहिले काँही त काम नपाएर खाली बस्नु पथ्र्यो । आफै ले काम गरेको पैसा माग्न पनि दिनहुँ धाउनु पर्ने । तर श्रीमती राधा देबी युनिक महिला केन्द्रमा आबद्ध भएपछि चुल्लुलाई श्रीमतीको अझ भरोसा लाग्न थाल्यो । राधा देबी श्रीमान सँग भलाकुसारी गरेको संझदै भन्छिन्, ंसाँझ सँगै बसे को बेला श्रीमानले भन्नु भयो । जिन्दगी भरी अरूकै लागि काम ग¥यौ ं । अब आफ्नो लागि गरौ । मेरो हातमा सीप छँदै छ । घर ढलानकालागि
सेटरिङको सामान किन्न पाए ठेक्का लिएर आफ्नै काम गर्न हुन्थ्यो। ऋण निकाले ंर सेटरिङको सामान किन्यौ ं । अहिले त आफै मिस्त्री आफै ठेक्केदार हुनुहुन्छ । राधा देबीले श्रीमानको सफलतामा गर्ब गर्दै खुशी व्यक्त गर्नु भयो ।
श्रीमानले घर बनाउने काम गर्दै गर्दा राधा देबीले कुखुरा पाल्न थाल्नु भएको छ । २ सयबाट कुखुरा पाल्न थाल्नु भएकी राधाले अहिले ६ सय कुखुरा हाल्नु भएको छ । आम्दानी पनि बढदै गएको राधाले सुनाउनु भयो । १० हजारबाट शुरु भएको आम्दानी अहिले ३६ हजार पुगेको छ । राधाले कुखुरा पाल्न र सेटरिङकोसामान किन्नकालागि पटक पटक युनिकबाट ऋण लिनु भएको छ । समयमै किस्ता र व्याज तिर्छु । अनी जेकामका लागि ऋण लिन्छु त्यही काम गर्छु । ऋण पनि सहजै पाउने गरेको बताउनु हुन्छ राधा । दुबै जनाको कमाइले ५ लाखमा घडेरी किन्यौ ं यो बर्ष घर बनाउँदै छौ ं ।राधाले योजना सुनाउनु भयो । अब लिन्टर गर्न मात्रै बाँकी छ । युनिक केन्द्रमा सहभागी भएपछि राधाको परिवारको आर्थिक प्रगतीराम्रै भएको छ । त्यसमाथि राधा थप्नुहुन्छ । गुन ज्ञानका कुरा पनि सिक्दै छौ ं ।
स्वस्थ रहने फजुल खर्च नगर्ने र अन्याय पनि नसहने बाचा पनि गरेका छौ ं । राधाले समुहमा गरेको सामुहिक प्रण सुनाउनु भयो । सानै देखिनै कम्लह्री बन्नु भएकी राधादेबी छोराछोरीलाई जसरी पनि पढाउने प्रतिज्ञा गर्नु भएको छ । उहाँकी छोरी अहिले स्नातकमा अध्ययनरत छिन् । दुई छोराहरू कक्षा ८र ५ मा पढदै छन् । यिनीहरूलाई जसरी
पनि पढाएर ठूलो मान्छे बनाउने उनको धोको छ ।राधाले आफ्नो सपना सुनाउनु भयो । जिन्दगीलाई सफल
बनाउन आफ्नो व्यवसायमा लगनशीलता र काम गर्दा हिम्मत भएमा सोचेको पुग्छ भन्नेमा राधा देबी चौधरीको
बिश्वास छ । आफु जस्तै अन्य महिला दिदी बहिनीहरूलाई केहीन केही सीप सिक्नर व्यवसाय गर्न उहाँको अनुरोध छ । अरूकालागि काम गर्दा गर्दै आधा उमेर बित्यो , अब आप्mनै लागि के ही गरौ ंराधा भन्नुहुन्छ ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button