संयुक्त सैन्य अभ्यास !

#डिपि गुरुङ

नेपाली सेनाका प्रवक्ताका अनुसार यहि भदौ ३० गते देखि असोज २ गते सम्म नेपालको विभिन्न स्थानमा नेपाली सेना र अमेरिकी सेना विच विपत व्यबस्थापन र मानविय सहयोगको नाममा फेरी पनि संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ हुने भनिएको छ।

पश्चिमा साम्राज्यवादको एक ध्रुविय विश्र व्यबस्था विफल हुन थालेपछि पश्चिमा साम्राज्यवादले एकध्रुविय विश्व व्यबस्थामा सहभागि हुन नचाहाने एशियाका विकाशोन्मुख स्वाधिन मुलुकहरु र समाजवादी प्रणाली अवलम्वन गरिरहेका मुलुकहरुका विरुद्व सैन्य युद्व आतँकको शुरुआत गरिरहेको र तेश्रो विश्व युद्वको पूर्व अभ्यास चलाईरहेको यथार्थता सर्वविदितै छ।

नेपालको परराष्ट्र नीति, सँयुक्त राष्ट्र सँघको बडापत्र र पन्चशीलको सिद्वान्त अनुसार युद्व र सैन्य गठबन्धन होईन शान्ति र संवादको पक्षमा उभिने नीति रहँदै आईरहेको छ। तर विडम्वनाको विषय नेपाल सरकारले पटक पटक विश्व युद्वको अगुवा गरिरहेको अमेरिकी हिन्द प्रशान्त महासागरीय साझेदारी सैन्य योजनासँग नेपाली सेनालाई पनि संयुक्त सैन्य अभ्यासमा सहभागि गराईरहेको छ। युद्व सरदार र सैन्य फाँसिवादी शक्तिको रुपमा परिचित पश्चिमा सेना सॅगको संयुक्त सैन्य अभ्यास राष्ट्रिय स्वाधिनताको दृष्टिले गम्भिर आपत्तिजनक विषय हो। अतः नेपालको स्वाधिनता र सुरक्षाको निम्ति यस प्रकारको सैन्य गतॅविधिमा नेपाल सहभागि नहुन र नेपाली भुमिको दुरुपयोग गरेर त्यस प्रकारको सैन्य गतिविधि हुन नदिन संपूर्ण देसभक्त र न्यायप्रेमी नेपालीहरु सजग रहन जरुरी देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button