साहित्यमा लेखन भन्दाअध्ययनआवश्यक

संवाददाता । कात्तिक २८, बर्दिया ।

कुनै पनि साहित्यसिर्जनाकालागि लेखन भन्दापनिअध्ययन बढी हुनुपर्ने, नियमित साधना र सबैभन्दापहिलाअसल पाठक बन्नुपर्ने कुरा बर्दियाको बढैयातालमाआयोजित साहित्यिककार्यक्रममा सहभागी स्रष्टाहरुले औंल्याएका छन् ।

नेपाली साहित्यकामहाकविलक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्मजयन्तीतथाबर्दियालीकवियदुनन्दनपौडेलको कविता सङ्ग्रह ‘मातृस्नेह’ कृतिकोलोकार्पण समारोहमा सहभागी स्रष्टाहरुले यो कुरा औल्याएकाहुन् ।

भेरी साहित्य समाजजिल्लाकार्यसमितिबर्दियाको आयोजना र बर्दियाली साहित्य समाज, कृष्णसार पाठक मञ्च र लुम्बिनीवाङ्मय प्रतिष्ठानको सहकार्यमा बिहिबार बढैयातालगाउँपालिकाकोे मैनापोखर स्थित होटल सुनगाभामा समारोह सम्पन्न गरिएको हो ।
समारोहमाप्रमुखअतिथि प्राज्ञ एवम् भेरी साहित्य समाजका केन्द्रीयअध्यक्ष हरि प्रसाद तिमिल्सिनाले कृतिको लोकार्पण गर्नुहुँदै यस प्रकारका दिवस, उत्सवतथाअन्यप्रकारका साहित्यिकाकार्यक्रमहरु सबै साहित्यिक संस्थाहरुले मिलेर गर्नुपर्ने र नेपालगञ्जमाबाह«ओटा साहित्यिक संस्थाहरुले मिलेर एक साथकार्यक्रम गरेको स्मरण गर्नुहुँदै बर्दियामापनि यस प्रकारको थालनीभएकोमा खुशीव्यक्त गर्नुभयो । साथै वहाँले कृतिकार यदुनन्दनपौडेलको कविताकृति ‘मातृस्नेह’ ले बर्दियाली साहित्यको क्षेत्रमा एक नयाँआयामथपिएको र अबकादिनमाशोध तथाअध्ययनकालागि यस प्रकारका कृतिलेअझै सहजहुने बताउनुहुँदै कृतिको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रममागजलकार तथासर्वदा साहित्य सङ्गमकाअध्यक्ष खगेन्द्र गिरि कोपिलाले आफ्नामुक्तकहरुमार्फत देवकोटाको योगदानको स्मरण गर्नुहुँदै कृतिकारलाई कृतिको पूर्ण सफलताको लागिशुभकामनाव्यक्त गर्नुभयो ।
आख्यानकार तथाप्रतिभा साहित्य समाजकाअध्यक्ष ईन्द्र भण्डारी ‘ईन्द्रेणी’ ले देवकोटाको कृतित्वतथाव्यक्तित्वकाबारेमा चर्चा गर्नुहुँदै वहाँको निखारिएको गहिरो अध्ययनकै कारण धाराप्रवाहअनि स्वस्फूर्त रुपमासिर्जना शक्ति रहेको स्मरण गर्नुभयो ।

लोकार्पित कृतिकाबारेमा बाँसगढी बहुमुखीक्याम्पस नेपालीविभागप्रमुख हरि सुवेदीले शास्त्रीय दृष्टिकोणले समीक्षा गर्नुहुँदै कृतिअत्यन्तै उत्कृष्ट रहेको तथापिकहिँकतै छन्दको नियमलाई अनुसरण गर्ने क्रममाकविकतै कतै आफ्नासिर्जनामाचुक्नपुगेको बताउनुभयो भने कृतिकारको व्यक्तित्वकाबारेमा भेरी साहित्य समाजका केन्द्रीय सदस्यतथा बाँसगढी बहुमुखीक्याम्पसकाक्याम्पस प्रमुख ईश्वरी प्रसाद रिजालले परिचर्चा गर्नुहुँदै आफ्नै गुरु हुनुभएकोले बाल्यकालमाावहाँले पढाउनुभएका दिनहरुको स्मरण गर्नुहुँदै वहाँकविमात्रै नभएर एक कुशलकलाकार पनिभएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममाहाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्षमहानन्द ढकाल, प्रलेस केन्द्रीयपार्सद मणिरत्नअर्याल, भेरी साहित्य समाजका केन्द्रीयउपाध्यक्षएवम् ज्ञानोदयखजुरा बहुमुखीक्याम्पसकाप्रमुखचरित्राशाह, केन्द्रीय सदस्य टीकारामतिमिल्सिना, कृष्णसार पाठक मञ्चका कोषाध्यक्षप्रकाशपौडेल, लुम्बिनीवाङ्मय प्रतिष्ठान बर्दियाकाअध्यक्ष मणि शर्मा, भेरी साहत्यि समाजबर्दियाका कोषाध्यक्ष रामप्रसाद लामिछाने, उपाध्यक्षलक्ष्मी वस्याल, सदस्यहरु गौरी सापकोटा, निरन्जनाचन्द, जेष्ठ व्यक्तित्व पुरुषोत्तमअर्याल, युवा स्रष्टा आशिष भाट लगायतले महाकवि देवकोटालाई स्मरण गर्दै आ–आफ्नाअब्बलसिर्जनाहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कृतिकार कवियदुनन्दनपौडेलले कृतिसिर्जनामालामो समय लाग्नुका कारण तथा कृतिको बारेमा आफ्नो अनुभवसहितआफ्ना केही रचनाहरु वाचन गर्नुभएको थियो । भेरी साहित्य समाजबर्दियाकाअध्यक्ष विष्णुप्रसाद मरासिनीको अध्यक्षतामा सम्पन्नकार्यक्रममाबर्दियाली साहित्य समाजकाकार्यवहाकअध्यक्ष हरिहर शर्मा आचार्यले शुभकामनामन्तब्य प्रस्तुत गर्नुभएको थियो भने सहजीकरण भेरी साहित्य समाजका सचिवप्रभात सुवेदीले गर्नुभएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button