बर्दियामा बाघ आतङ्क जारी : फेरी एक घाइते

बाघ आक्रमण

धान बालीमा पानी लागाउन गएको समयमा बाघको आक्रमणमा परी बर्दियामा एक युवक गम्भीर घाइते भएका छन् ।

गेरुवा गाउँपालिका वडा नं. १ जनकनगरका ३५ वर्षीय चुलाराम थारु सोमबार आफ्नो धान खेतमा पानी लगाउन गएको समयमा बाघले आक्रमण गरेको हो । घटनाको बारेमा जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय पाताभारबाट कार्यालय प्रमुख नवराज के.सी. को कमाण्डमा खटिएको ५ जनाको टोलीले उद्धार गरी निजलाई उपचारको लागि नर्सिङ्ग होम नेपालगञ्ज पठाइएको छ ।

निज युवकको टाउको, गर्धन र ढाडमा गम्भीर चोट लागेको तर बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशिल थापाले जानकारी दिनुभएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button