दालचामल र मदिरा बेचेजस्तो नहोस्

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला अधिवेशन : बर्दिया

पुस्तक ज्ञानको भण्डार भएको र यसकै अध्ययनबाट नै पुस्तक तथा स्टेशनरी व्यवसायीहरु व्यवसायको अवस्थासम्म आएकाले पुस्तक तथा स्टेशनरीको व्यवसाय अन्य व्यवसाय भन्दा फरक रहेकोले बजारमा दालचामल र मदिरा बेचेजस्तो नभएकोले सोही अनुसार स्वस्थ रुपमा व्यवसाय सञ्चालन गर्नका लागि आह्वान गरिएको छ ।
समुदायिमक होमस्टे रम्भापुर बारबर्दियामा शनिबार नेपाल स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति बर्दियाको ११औं साधारण सभा तथा सातौँ अधिवेशनलाई सम्बोधन गर्दै उपस्थित अथितीहरुले यस्तो कुरा बताउनुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त लामिछानेले स्टेसनरी व्यवसायीहरु करदाता, मतदाता र चन्दादाता मात्रै नभएर सामाजिक अगुवा र अभियन्ता भएको कुरा औँल्याउनुभयो ।
कार्यक्रममा विशिष्ट अथिति तथा बारबार्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारु कविरले पुस्तक पसल तथापुस्तकालयहरु बजार वा शहर केन्द्रित नभएर गाउँ केन्द्रित बनाउनुर्नेमा सुझाव दिनुभयो ।
कार्यक्रममा जनक शिक्षा सामग्री लुम्बिनी प्रदेश नेपालगञ्ज प्रमुख रविन्द्र शर्मा, उद्योग वाणिज्य संघ बारबर्दियाका कोषाध्यक्ष नवराज पौडेल, बारबर्दिया प्याव्सन अध्यक्ष एकराज पौडेल, बाँके अध्यक्ष किशोर आचार्य लगायतले शुभकामना दिनुभएको थियो ।
सातौँ अधिवेशनबाट नरेन्द्र कर्णको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतबाट निर्वाचित गरिएको छ । जसमा प्रथम उपाध्यक्ष डोलराज सिग्देल, द्वित्तीय उपाध्यक्ष गोविन्द हमाल, सचिवमा जगमोहन झा, सह–सचिव लवेश झा, कोषाध्यक्ष सुनिता पौडेल र सदस्यहरुमा भीम प्रसाद अर्याल, शिवचरण चौधरी, शेषकान्त पोखरेल, भोजराज पोखरेल, राजु बडुवाल, किरण थापा र सरिता सिग्देल निर्वाचित हुनुभएको छ ।
निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश अध्यक्ष वसन्त लामिछानेले सपथ गराउनुभएको थियो ।
कार्यक्रमममा लामो समस स्टेसनरी व्यवसाय सञ्चालन गरी सेवा पु¥याउँदै आउनुभउका जनक पुस्तक केन्द्र राजापुरका मिथिला झालाई सम्मान गरिएको थियो ।

 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button