२ लाख सहित गुलरियामा जुवाडेहरु पक्राउ
समग्र नेपाल डेक्स

सोमबार बिहान करिव तीन बजेको समयमा गुलरिया ७ गुलरियागाउँमा जना जुवाडेहरु पक्राउ परेका छन् ।
गुलरिया नगरपालिका वडा न ७ का रमेश यादवको घरको कोठामा जुवातास खेलिरहेको आशंकामा प्रहरी निरिक्षक गोपाल पौडेलको कमाण्डमा गएकाे प्रहरी टोलीले खानतलासी गर्दा जुवा खेलाउने घरधनी सहित ९ जनालाई १ लाख ९८ हजार पाँच सय पाँच रुपैंया र जुवा खेल्न प्रयाेग भएको ताससहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालयका प्रनानि एवम् सूचना अधिकृत हेम बहादुर शाहीले जानकारी दिनुभएकाे छ ।
पक्राउ पर्नेहरुमा गुलरिया ७ का रमेश यादव, गुलरिया ३ का रतिराम चाौधरी, गुलरिया ७ का श्यामु यादव, गुलरिया ४ बस्ने गुमान बहादुर मल्ल, गुलरिया १० का तेज कुमार चाैधरी, मधुवन ८ का सुरेश वली र टेकेन्द्र साउद, मधुवन ९ का नारायण क्षेत्री, मधुवन ७ का पदम बहादुर सुनार रहेका छन् । निजहरुलाई जुवा सम्बन्धी कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको शाहीले बताउनुभएको छ।