९२ हजार सहित ६ जुवाडे पक्राउ

सामाजिक अपराध

बर्दियाको मधुवन नगरपालिका वडा नं ६ वुद्धनगरटोलबाट ९१ हजार ९ सय ५५ रुपैंया र जुवा खेल्न प्रयोग गरिएको तास सहित ६ जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय झक्कु सुनारको घरमा जुवातास खेलीरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी ढोढरीका प्रहरी निरीक्षक राजन कुमार गौतमको कमाण्डमा खटिई गएको टोलीले खानतलासी गर्दा घरधनी सहित मधुवन ८ का ईश्वरीराज बि.क., केशवराज अधिकारी, तिर्थ वि.क. वडा नं. ६ बस्ने लाल बहादुर विष्ट र बलबीर सुनार पक्राउ परेका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हेम बहादुर शाहील जानकारी दिनुभएको छ ।

निजहरुलाई जुवा सम्बन्धी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जनाइएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button