केपी शर्मा ओलीको विरोध किन?

  1. # मुना चन्द

केपि ओली शर्मा प्रधानमन्त्री हुँदा मिडिया, पूर्व प्रधानमन्त्रीहरु, बुद्धिजीवीलगायतले एक स्वरमा विरोध गर्छन । ओली प्रधानमन्त्री भए लगत्तै किन चौतर्फी आक्रमण हुन्छ? किन यति धेरै विरोध? ओलीले गर्दा नै देश विकास नभएको हो त? उनले देशहितका पक्षमा काम गर्छन् भनेर हो वा कुनै अमुक शक्ति केन्द्रको स्वार्थसिद्ध गर्छन् भनेर हो?

दैनिक मिडियामा समाचार ओलीविरुद्धमा लेखिएको हुन्छ। प्रतिवेदन पनि त्यसरी नै सामाजिक सञ्जालमा प्रस्तुत गरेको देखिन्छ। कसैले पनि ओलीले गरेको सकारात्मक पक्षको बारेमा बोलेकै देखिदैन। देउवा र प्रचण्ड प्रधानमन्त्री हुँदा यस्ता स्वर सुनिदैन। तर ओलीप्रती किन यति धेरै नकारात्मकता?

यसअघि ओली प्रम हुँदा चुच्चे नक्सा एकमतले पारित भयो। त्यो भन्दा पहिला यसो गर्ने आट कसैको भएन । जे होस उनले लिपुलेख, कालापानी, लिम्पियाधुरा हाम्रो हो भन्न सक्ने हिम्मत त गरेकै हो नि।  भारतले 2072 सालमा नाकाबन्दी गर्यो, भारतको नेपालमा दादागिरी निकै थियो त्यो बेला। तर ओली भारतसँग झुकेनन। बरु हाम्रो भुपरिवेष्ठिट देशलाई उत्तरतर्फ जोड्ने र नेपालको पहुँच समुद्रीतट तथा युरोपसम्म जान सहज बनाउने अनि देशलाई आत्मनिर्भर बनाउन साथै थप सार्वभौम हुन भुमिका खेलेको राम्रा उदाहरण पनि छन् । तर पनि धेरै विरोध गरेको देखिन्छ।

केपि ओली प्रधानमन्त्री हुँदा चीनका प्रमुख बन्दरगाहमा नेपालको पहुँचको लागी पहल गरे। अब हामीले त्यहाँसम्म पुगेर सामान ल्याउन सकिन्छ। पहिला कलकत्ताबाट सामान ल्याउदाखेरी 42 दिन लाग्थ्यो भने अब हामीले साङ्घाइ, डालियान वा साङ्दोङबाट ल्याएर आउदा हामीले 1 हप्तामा त्यो सामान ल्याइपुर्याउछौ। यसले एकातिर समयको पनि बचत भयो। र आर्थिक आम्दानी पनि भयो। व्यापार व्यवसाय वृद्धि गर्नको लागि पनि सहयोग पुग्यो र मुल्यको पनि कमि हुने भयो। किनभने भाडा घटेपछि स्वत: सामानको पनि मूल्य घट्छ र अर्थतन्त्रमा समेत ठूलो टेवा पुर्याउने काम उनले गरे। अबदेखी इण्डियाले नाकाबन्दी गर्न नसक्ने अवस्था सिर्जना भयो।

ओलीले नेपालको समाजलाई र नेपाली जनताको स्वास्थ्यको लागि र समृद्धिको लागि विभिन्न किसिमको कार्यक्रमहरु सन्चालन गरिरहेका छन् । अर्को प्रोजेक्टहरु ठूला ठूला लगानी भित्र्याइरहेका छन् । यसले त नेपाललाई आत्मनिर्भर बनाउन थप योगदान पुग्छ। पर्यटन प्रवर्द्धनका लागि पनि उनले ठूलो काम गरिरहेका छन्  र एउटा देश र जनतालाई आशा देखाउने र जागरुक बनाउने भूमिका खेलिरहेका छन्।

देशलाई आत्मनिर्भर बनाउने, विकसित र समृद्ध बनाउने, शान्त बनाउने भुमिका खेल्नेलाइ त समर्थन गर्नुपर्ने होईन र? देशलाई अस्थिर बनाउने, अन्य देशप्रती परनिर्भर बनाउने भूमिका खेल्ने र त्यस्तो किसिमको काम नगरे बापत विरोध गर्नेहरु पनि नेता हुन सक्छन् र? त्यस्तो मानिसहरु यो देशको पत्रकार वा जिम्मेवार जनता हुन सक्छन् र? के तिनीहरुलाई यस किसिमको हक छ? यो बुझ्न जरुरी छ। जनता भ्रममा पर्नु हुदैन।

मानिसहरूले भ्यु टावर, भ्यु टावर भनिरहेका छन् । विरोध गरिरहेका छन् । भ्यु टावर केका लागि त्यो बुझाउन कसैले प्रयास पनि गरेको देखिदैन र बुझ्न खोजेको पनि देखिदैन । भ्यु टावरले त पर्यटन प्रवर्द्धनमा भुमिका खेल्छ नि। किनकि अहिले हाम्रो जस्तो भूगोल भएको देश विश्वमा विरलै छन् । हामी जहाँ पनि पर्यटन प्रवर्द्धनको काम गर्न सक्छौ । अहिले नेपालको प्रमुख आयस्रोत भनेकै पर्यटनको क्षेत्रबाट मात्र हुन सम्भव छ। किनभने हामीसँग उद्योग कलकारखाना छैनन् । कृषिमा हाम्रो उत्पादनमा ह्रास आइरहेको छ। व्यापारीकरण बढेको छ। हाउजिङ (Housing) हरु निर्माण प्रतिस्पर्धात्मक रुपले बढेको छ। विचौलियाले जग्गाको दलाली गरेर टुक्राटुक्रा पारिरहेका छन् । त्यसैले गर्दा पर्यटन प्रवर्द्धनको क्षेत्रमा उनले खेलेको भुमिका पनि सरहनिय नै मानुपर्दछ।

तर यहाँ बुद्धिजीवी भनेको परजीवी जस्ता छन् अर्थात् विदेशी शक्तिको चाकडी गरेर वा कुनै पार्टीको बोली बोलिदिएर जीवन चलाइरहेका छन् । यस्ता बुद्धिजीवीले सत्य र यथार्थलरक कुरा गर्छन् भनेर विश्वास गर्नु नै मुर्खता हो। यी बुद्धिजीवी नै विभिन्न नामका संघ खोलेर एजेन्ट बनेर चलाएर बसिरहेका छन्। यस्तो अवस्थामा बुद्धिजीवी र विश्लेषक भनाउदाबाट के अपेक्षा गर्नु?

हाम्रो देश मात्र विश्वको त्यस्तो देश हो जहाँको पत्रकारले अर्कैको देशको स्वाधीनताको कुरा गर्छ। आफ्नो देशभन्दा माथी अमुक देशलाई राख्छ। दूतावासबाट पैसा लिएर काम गर्नेको हिसाब छैन। यस्ता पत्रकारका प्रतिवेदन र समाचारमाथी के विस्वास गर्नु? यिनै पत्रकारहरु अहिले ओलीको विरुद्ध ज्यान फालेर लागिरहेको देखिन्छ। यी पत्रकारको पत्रकारिता देखेर लाज पनि लजाउछ होला। अरे! राम्रो पक्ष पनि कहिलेकाही उजागर गर न। राम्रो गर्न खोज्नेको पनि खुट्टा तानेको देख्दा त तिमिहरु नेपाली होइनौ नेपालीको अनुहारमा विदेशी देखिन्छौ।

अब जन्ता जाग्न जरुरी छ। को राष्ट्रवादी हो र को राष्ट्रघाती समयमै थाहा पाउन आवश्यक छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button