५३ करोड १ लाख बराबरको बजेट प्रस्तुत गदै राजापुर नगरपालिका

कृषि शिक्षा पर्यटन व्यापार र पुर्वाधार राजापुर विकासका मू आधार नाराको साथ राजापुर नगरपालिकाको गत बिहीवार सुरु भएको प्रथम नगरसभाको निति कार्यक्रम तथा बजेट अधिबेशन सम्पन्न भएको छ ।
बन्द सत्रका सभापति नगर उप प्रमुख मनकला कुमारी चौधरी रहनु भएको थियो । नगर प्रमुख शिब प्रसाद चौधरीले निति तथा कार्यक्रम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।भने २०७४ ÷०७५को बजेट उप प्रमुख मनकला कुमारी चौधरीले प्रस्तुत गर्नु भएको थियो । २०७४÷०७५को निति तथाकार्यक्रममा बिशेष गरी कृषिलाई प्राथमिक्ता दिदै आर्थिक समृद्धिको पहिलो आधार कृषि भन्ने मूलनाराको साथ नगरपालिका क्षेत्रको संभाव्यता, अध्ययन गरी कृषि उत्पादनमा व्यवसायीकरण आधुनिकीकरण यान्त्रिकरण तथा बजारीकरणमा जोड दिने, राजापुर बजार क्षेत्रकाे कृषि हाटबजारलाई सुदृढिकरण र विस्तार गरीने,राजापुर मा १५ शैयाको अस्पताल संञ्चालनको व्यवस्था मिलाउन जग्गा खोजी गरीने, २४ सै घण्टा आकस्मिक सेवा निः शुल्क संचालनको पहल गरीने, आत्महत्या घटना रोकन सेचतना मूलक कार्यक्रम गरीने,नेपाल रेडक्रस सोसाइटी संग समन्वयमा नगरमा एउटा बल्ड बैक स्थापना गरीने जस्ता बिषेश नितिहरु बनाईएको छ ।
राजापुर मा १५ शैयाको अस्पताल संञ्चालनको व्यवस्था मिलाउन जग्गा खोजी गरीने, २४ सै घण्टा आकस्मिक सेवा निः शुल्क संचालनको पहल गरीने, आत्महत्या घटना रोकन सेचतना मूलक कार्यक्रम गरीने