दूर्घटनामा ५ जना घाइते
सवारी दूर्घटना

बर्दियामा सवारी दूर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
नेपालगञ्जदेखि जाजरकोटका लागि छुटेको बा १४ च ८९७२ नम्बरको बोलेरो जिप बर्दियाको बाँसगढी नगरपालिका वडा न. १ अन्तर्गत चेपाङमा शनिबार दुर्घटनामा परेको हो ।
चेपाङ बजारदेखि १ किलोमिटर दक्षिणमा चेकिङ भइरहेको अवस्थामा गाडी राखेर इन्ट्री गर्न जाँदा सडकदिख १० मिटर तल खस्दा दूर्घटना भएके जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभएको छ ।
दूर्घटनामा परी जाजरकोट गखोट नगरपालिका ५ का ६५ वर्षीय दल बहादुर बुढा, ३५ वर्षीया तुल्सरा खड्का, २५ वर्षीया उर्मिला सिङ, बाँसगढी न.पा. माछागढका ४२ वर्षीय बिर सिङ बि.क. र ६५ वर्षीय जयसिङ वि.क. घाइते भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभएको हो ।
घाइतेहरुमध्ये कसैको अवस्था पनि जटिल नभएको जानकारी समेत जिल्ला प्रहरी कार्यालयले दिएको छ ।