मोटरसाइकल दूर्घटनामा ज्यान गयो
दूर्घटना

बर्दियामा मोटरसाइकल दूर्घटनामा परी एक युवकको ज्यान गएको छ ।
सोमबार राजापुर नगरपालिका लालपुरदेखि मनाउतर्फ जाँदै गरेको भे ६ प २४०८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आएको से. ७ प ५६९३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा गेरुवा गाउँपालिका ३ बस्ने ३२ वर्षीय तपेश सोडारी गम्भीर घाइते भएको अवस्थामा उपचारको लागि बर्दिया अस्पतालमा पठाइएकोमा अस्पतालमै सोडारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
खैरीचन्दनपुरबाट मनाउ जाँदै गरेको मोटरसाइकल मधुवन न.पा. का २० वर्षीय रोशन पुनले चलाएका र उनलाई हातखुट्टामा सामान्य चोट लागेको र सोही मोटरसाइकलमा सबार १८ वर्षीय मदन गुरुङको दाहिने खुट्टा फ्याक्चर भएकोले उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने चालक र सोही मोटरसाइकलमा सबार १६ वर्षीय गगन अधिकारीको भने स्थानीय मेडिकल तिलगंगामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हेम बहादुर शाहीले जानकारी गराउनुभएको हो ।
दुबै मोटरसाइकलहरु प्रहरीको नियन्त्रणमा रहेको छ ।