बोटको फूल : अस्मिता थारु
विद्यार्थीको कलम

फूल राम्रो बोटमा
मान्छे राम्रो कोटमा ।।
दुई दिनको जीवन
हुन्न केही नभन ।।
बाबाआमा आँखामा
गुराँस फूल पाखामा ।
बासना चल्यो हरर
नाचेँ म त फरर ।।
गुरु ज्ञानका भण्डार
हुनुहुन्छ अपार ।
इतिहास हाम्रो हो
जीवनको यही सार ।।
असल संगत गर्नु छ
असल ज्ञान छर्नु छ ।
मुटुभरी माया छ
नेपालको छायाँ छ ।।
जानु पर्छ एक दिन त
हुन्छ पीडा केही छिन् त ।
विश्वासमा रमेर
दुनियामा रमिन्छ ।।
आनन्दमा रहेर
गर्छु सेवा देशको ।
माया लाग्छ सधैं नै
आफ्नै भाषा भेषको ।।
फूल जस्तै बनेर
केही यहाँ गर्नु छ ।
बोटैभरी फूलेर
मिठो बास्ना छर्नु छ ।।
कक्षा –८ ‘बि’
श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरिया, बर्दिया ।