विपद् उत्तरदायी सामाजिक सुरक्षा कार्यशाला सम्पन्न

नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखा अन्तरगत सन्चालीत पुर्वानुमानमा आधारीत पुर्व कार्य एवम् विपद् उत्तरदायी सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत दुई दिने विपद् उत्तरदायी सामाजीक सुरक्षा कार्यशाला शनिबार र आइतबार बारबर्दिया नगरपालिकामा सम्पन्न गरिएको छ ।विशेषगरी सामाजिक सुरक्षा भत्ता दर्ता  प्रकृया¸ वितरण, तथ्याङ्क ब्यवस्थापन¸ यसका समस्या र समाधानका उपाय लगा‍यतका विषयमा सहभागीहरुले सामुहिक रुपमा छलफल गरेका थिए । वडाका अध्यक्ष तथा सचिवहरुको समेत उपस्थिती रहेको यस कार्यक्रममा सामाजिक सुरक्षा भत्ताको कार्यलाइ विपद्को अवस्थामा पनि स्वचालित राख्नु पर्ने धारणा राख्नुका साथै सहभागीहरुले विभिन्न खाले सामाजिक सुरक्षा भत्ताका सवालमा रहेका समस्या पहिचान गरि स्थानीय तहबाटै समाधान गर्न सक्ने उपायहरुको पहिचान गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखाका सभापति विष्णु ज्ञवाली¸ नगर प्रमुख दुर्गा बहादुर थारु “कबिर”¸ नगर उपप्रमुख अन्जु दहित¸ प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, वन वातावरण तथा विपद् व्वस्थापन संयोजक टेक बहादुर विक¸ नगर अपाङ्गता सन्जाल अध्यक्ष सन्तोष देवकोटा लगायत नगरपालिकाका विषयगत शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

विपद्का समयमा सामाजिक सुरक्षा कार्यक्रम मार्फत धेरै लाभग्राही सम्म पुग्न सक्ने हुँदा यसलाइ विपद्को समयमा पनि स्वचालित राख्नु पर्ने र त्यसकालागी ब्यवस्थापन गर्नु पर्ने धारणा सहभागीहरुको रहेको थियो । जटिल तथा समस्यामा रहेका¸ विपन्न परिवार¸ लोपन्मुख समुदाय¸ बालबालिकाको लागी लक्षित समाजिक सुरक्षा कार्यक्रमलाई सरल र सहज रुपमा विपद्को अवस्थामा पनि ब्यवस्थित बनाउनु पर्नेमा कार्यशालामा उपस्थित सहभागीहरुको निष्कर्ष रहेको थियो ।

कार्यशालाको सहजीकरण डेनिस रेडक्रसका मार्क जेम्स जोन्सन¸ हेमन्त डंगाल¸ एलिना कार्की¸ र ह्यान्डी क्याप इन्टरनेशनलका अनिमेस आचार्यले गर्नु भएको थियो ।

तस्बिरहरु : अच्युत सुवेदी

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button