करणी गरी भागेका अभियुक्त पक्राउ

सामाजिक अपराध

कात्तिक ९ गते ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार अभियुक्त गुलरिया नगरपालिका वडा नं. ३ बाट पक्राउ परेका छन् ।

बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं. २ बस्ने वर्ष ५४ का चिन्कौ थारुलाई प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा खटिएको टोलीले मंसिर ९ गते पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा हाल पुर्पक्षका लागि कारागार कार्यालय गुलरियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी हेम बहादुर शाहीले जानकारी दिनुभएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button