छिमेकीको कुटाइबाट ठहरै

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ स्याउलीबजारमा छिमेकीको कुटाइबाट एक व्यक्तिको मृत्यु भएको छ ।
बुधबार भएको सामान्य विवादबाट ४० वर्षीय मिन बहादुर घर्तीले कुटपिट गर्दा लडेर आँगनमा रहेको ढुङ्गामा टाउको बज्रिन गई सोही चोटका कारण ४७ वर्षीय बल बहादुर कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
निजलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल लगिएको र थप उपचारका लागि नेपालगञ्ज नर्सिङ्गहोम रिफर भई लगिएको र चेकजाँच गराउँदा १५ गते बिहीबार चिकित्सकले मृत घोषण गरेको जनाइएको छ ।
निज मिन बहादुर घर्ताीलाई आवश्यक अनुसन्धानका लागि स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।
तस्बीर : गुगल (ध्यानाकर्षका लागि मात्र)