नेतृत्त्व क्षमताको विकास गर्दै मध्यवर्तीका महिलाहरु

बर्दिया न्युज डेक्स

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका महिलाहरुका लागि बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा आयोजित चार दिने नेतृत्त्व सिप विकास तालिमबाट नेतृत्त्व लिन सक्ने सिपको विकास गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको सहयोग र महिला वातावरण उप–समितिको आयोजनामा मध्यवर्ती क्षेत्रका महिला दिदि बहिनीहरुका लागि पौष २ गतेदेखि ५ गतेसम्म नेतृत्व सीप विकास तालिम आज सम्पन्न गरिएको छ ।दुई दर्जन बढी संस्थाका पदाधिकारी लगायतका महिला दिदीबहिनीहरुको सहभागिता रहेको तालिमको सहजीकरण बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ, पुर्व प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापा,  राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यलय प्रमुख डा. रविन कडरिया र शिक्षक, संस्कृतिकर्मी एवम् सञ्चारकर्मी प्रभात सुवेदीले गर्नुभएको थियो । तालिममा नेतृत्व विकास तथा उद्घोषण, कार्यक्रम सञ्चालन, माइन्यूट लेखन लगायतका विषयहरुमा सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट कक्षाहरु सञ्चालन गरिएको थियो ।

चार दिन सम्म सञ्चालन गरिएको यो तालिमले महिला दिदीबहिनीहरुमा आत्मविश्वास जागृत भएको र आगामी दिनमा पनि यस तालिमबाट सिकेका ज्ञान तथा सिपहरुलाई प्रयोग गर्दै लैजानका लागि पुनर्ताजगी तालिमको तालिमको आयोजना गरिने उपसमिति अध्यक्ष सावित्रा थापाले बताउनुभयो ।ठाकुरद्वारा स्थित बर्दिया गैंडा क्याम्प रिसोर्ट र महिला वातावरण उपसमिति भवनको सभाहलमा सञ्चालन गरिएको कार्यक्रम निकै फलदायी रहेको उपसमिति उपाध्यक्ष प्रतिक्षा नेपालले जानकारी दिनुभएको बताउनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button