महावीरको महान् कर्म : आविष्कार केन्द्रलाई ३ करोडको जग्गा दान गरे

महावीरको महान कर्म

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले पोखरामा आफ्नाे नाममा रहेको तीन करोडको जग्गा केन्द्रलाई दान गरेका छन् । उनले यस विषयमा आफ्नो आधिकारीक फेसबुकमा लेखेका विचारहरु जस्ताको तस्तै :
मेरो नाममा भएको जग्गा राष्ट्रिय आविष्कार केन्द्र लाई दान गर्ने घोषणा:
यो घोषणा नयाँ होइन. यो घोषणा अर्थमन्त्री डा. रामशरण महतज्यू र बिष्णु पौडेलज्यू सहित उहाँहरुको अर्थ सचिबहरु, सह सचिब हरु अनी दुई प्रधान मन्त्रीहरु र उहाँहरुका सल्लाहकार हरुलाई बिगतका दिनहरुमा बारम्बार भनि सकेको कुरा हो. मैले उहाँहरु सबै लाई यदि “सरकारले राष्ट्रिय अविष्कार केन्द्र लाइ सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको करिब रु. ३ करोड पर्ने २८ रोपनी जग्गा बेचेरै भए पनि सुरु गर्छु” भनेर भने कै हो. यसो भन्दा उहाँहरुले “जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ” भनेको हो.
त्यो २८ रोपनी जग्गाको बारेमा थोरै कुरा प्रष्ट पार्न चाहन्छु. त्यो जग्गा पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा छ. त्यो जग्गा हाल Maryland USA मा बस्ने बन्बरे, पर्बतको पदम पुन भाई र मैले २० बर्ष अगाडी किनेको हो. त्यो जग्गा किन्दा हामीले त्यसलाई भविष्यमा समुदायहरु लाई फाइदा हुने कुनै राम्रो कामको लागी प्रयोग गर्ने भनेर सल्लाह गरेका थियौं. त्यति बेला त्यो जग्गा पदम भाईको नाममा किनेको थियौं. तर पदम भाई अमेरिकामा बसोबास गरेकोले केहि महिना अगाढी सो जग्गा मेरो नाममा नाम सारी गरिएको छ. सो एरियाको हालको जग्गा लेनदेनको आधारमा त्यसको मोटामोटी मूल्य रु. ३ करोड पर्छ. सो जग्गाको लालपुर्जी यहाँ संलग्न गरेको छु. मेरो नाममा यो भन्दा अर्को कुनै भौतिक सम्पत्ति छैन.
अब हामी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका छोडेर जनताको ढोकामा गै सकेको अवस्थामा र मैले नेपालको बिकासको लागी अब मेरो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्छू भनि रहेको अबस्थामा सो २८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्र लाई दान गर्ने कुरा घोषणा गर्दछु. पैसाको अति नै आबश्यकता भएको खण्डमा त्यो जग्गा बेच्ने अथवा पैसा पुगेको खण्डमा त्यो जग्गामा अनुसन्धानको लागी चाहिने केहि भौतिक संरचनाहरु बनाइनेछ.
तपाईंहरु संग पनि त्यस्तो दान गर्न मिल्ने कुनै जग्गा छ भने दान गर्न सक्नु हुनेछ. जग्गा दान पनि अहिले सुरु गरिएको महादान अभियान कै अंग हुनेछ. तपाईहरुले पनि विचार गर्नु होस् र http://www.nicnepal.org मा गएर हेर्नु होस् . कुरा नबुझेमा सम्पर्क गर्नु होस्. Mobile नम्बर 9841592361.
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button