त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा २० खेलाडी छनोट

आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएको छ ।

आगामी जुलाइमा स्पेनमा हुने त्रिकोणात्मक सिरिजका लागि क्यानले शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको हो ।

बन्द प्रशिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, पृथु बास्कोटा, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, अविनाश बोहरा, कमल सिंह ऐरी, विक्रम सोब, सुशान भारी, सन्दीप जोरा, पवन सर्राफ, साहब आलम बोलाइएका छन् ।

बन्द प्रशिक्षण भने आइतबार देखि हुने सम्भावना रहेको क्यानका एक अधिकारीले बताए । नेपालका मुख्य प्रशिक्षक डेभ वाटमोर श्रीलंकाबाट यसअघि नै नेपाल आइसकेका छन् । नेपालमा अहिले पानी पर्ने भएकोले नेपाली टिमलाई विदेश प्रशिक्षण गर्न लैजाने तयारी भए पनि टुंगो लागेको छैन ।

क्यानले नेदरल्याण्ड्सको क्रिकेट बोर्डलाई अभ्यास खेलका लागि प्रस्ताव गरेपनि नेदरल्याण्डसले निर्णय दिएको छैन ।

यस्तै सिरिज जुलाई २० वा २२ देखि सुरु हुने भनिएपनि आईसीसीले अहिलेसम्म मिति सार्वजनिक गरेको छैन । यस बारे अनलाइनखबरले आईसीसीमा बुझ्दा अर्को हप्ताको सुरुमा यस सिरिजबारे सबै जानकारी सार्वजनिक हुने जवाफ दिएको छ ।

हेर्नुहोस् क्यानको पत्र

समाचार स्रोत : अनलाइन खबर ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button