नयाँ वर्ष : उम्मेदवारीको लहड

घर बलियो बनाउन जग बलियो हुनै पर्ने कुरालाई कसैले पनि नकार्न सकिँदैन । सम्पूर्ण आधारशीला तयार गरेपछि मात्रै घरको निर्माण प्रक्रिया शुरु गर्नु सान्दर्भिक होला । जताततै स्थानीय तह अन्तर्गत पालिका तथा वडाहरूको. निर्वाचनको सरगर्मी चढिरहेको छ । आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचनको सरगर्मीसँगै उम्मेदवारीको घोषणाको लहर पनि यतिबेला देखिएको छ । यसरी बढ्दो गर्मीसँगै चुनावी सरगर्मी बढ्नुमा कुनै अस्वाभाविक विषय पनि रहेन । तर चुनावको मिति तय भएर चुनावी महिनामा प्रवेश गरिसक्दा पनि अझै कता कता चुनाव नहुने हो कि भन्ने अनेकन अड्कलबाजीहरु पनि भैरहेका छन् । स्थानीय तहको निर्वाचन होस्, यसमा शुभकामना छ । पार्टीहरुले पनि राजनीति देशको समृद्धिका लागि गर्नु पर्दछ । तर अहिलेका निर्वाचनपूर्वका गतिविधिहरु नियाल्दै गर्दा पाटीहरुका नेतृत्ववर्गमा पनि राजनीति भनेको उचाल्ने, पछार्ने खेल मात्रै जस्तो देखिएको छ ।

सामाजिक सञ्जालमा उम्मेदवारी दिने र सस्तो प्रचारप्रसारबाट लोकप्रियता कमाउन वा उम्मेदवारी दिएपनि लज्जास्पद हार वेहोर्नकै लागि नै होला यतिविधि हुँइयाँहरु देखिएको, किनकि अब चुनाव जित्नका लागि उम्ममेदवार हरेक कुराले दह«ै हुनुपर्ने र आम जनमानसको मन जित्न सक्नु पर्ने हुन्छ । यसै सन्दर्भलाई केलाएर हेर्दा उम्मेदवारी भनेको कुनै लहड र बहकाउमा रहेर घोषणा गर्ने कुरा पनि हैन । उम्मेदवारी भनेको निकै संवेदनशील विषय पनि हो । वि.सं. २०७४ मा सम्पन्न स्थानीय निर्वाचन पहिलो पटक भएको हुनाले धेरैले विविध तरीकाका सिकाइहरु गर्दै रहे, सायद प्रयोगशाला नै भएको हुन सक्छ । यस्तै गर्दा नै पाँच वर्ष कार्यकाल वितेको पत्तै भएन । अब आउने निर्वाचनमा भने कुनै पनि वहकाउ वा लहडमा उम्मेदवारी दिनुभन्दा पनि आफ्नो राजनैतिक छवी के हो ? आफूले समाजमा के कस्तो योगदान दिएको छु, आफ्नो भविष्य के हो ? जनतको साथ, सहयोग र समर्थन कत्तिको पाउन सक्छु ? अघिपछि समुदायमा कुन–कुन अनि के कस्ता कार्यको माध्यमबाट जनताका सुख–दुःखमा साथ दिएको छु ? भनेर उम्मेदवारी घोषणापूर्व एकपटक आँखा चिम्म गरेर सोच्ने पो हो कि ?
नयाँ वर्षको पनि सन्दर्भ रहेको छ । नयाँ वर्ष २०७९ ले यस विषयमा अलि गम्भीर भएर सोच्न र विश्लेषणात्मक दृष्टिकोणबाट अलि दूरदर्शी सोच सबै राजनेताहरुमा पलाउन सकोस् र सबै पालिकाहरूले सक्षम, योग्य, शिक्षित, दुरदर्शी, योजना बनाउन सक्ने, भ्रष्ट्राचार नगर्ने र हुन पनि नदिने प्रतिवद्ध, इमान्दर, नैतिकवान चरित्रवान व्यक्तिलाई नेतृत्व दिनका लागि सम्पूर्ण हामी जनता सफल हुन सकौँ । समग्र नेपाल अनलाइनको तर्फबाट सबैलाई शुभकामना

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button