बालिकालाई करणी गर्दै गर्दा पक्राउ

बर्दिया मधुवन ६ मा घरमा कोही नभएको मौका पारेर एक व्यक्तिले बालिकालाई करणी गरेका छन् ।
असार ३२ गते बेलुकी ४ बजेतिर मधुवन ६ बस्ने मान बहादुर रजालीले बालिकालाई जबरजस्ती करणी गरिरहेको बेलमा स्थानीयहरूले देखी हारगुहार गरी स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक हृदय कुमार सापकोटाले जानकारी दिनुभएको छ ।