सुरक्षा समीक्षादेखि पक्राउसम्म : गृहमन्त्री गुरुङको दुई घण्टे बैठकको रहस्य

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको भोलिपल्टै गृहमन्त्री सुदन गुरुङले सुरक्षा प्रमुख तथा गृह मन्त्रालयका कर्मचारीहरूसँग करिब दुई घण्टा लामो छलफल गरेका छन्। शनिबार अपराह्न ५ बजेदेखि ७ बजेसम्म मन्त्रालयमा बसेको बैठकले शान्ति सुरक्षाको विश्लेषण, सुरक्षा संयन्त्रको अवस्था, र आउँदो बजेटको तयारी लगायत विषयमा समीक्षा गरेको जनाइएको छ।
बैठकमा नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, र गृह मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। गृह मन्त्रालय श्राेतका अनुसार, ‘शान्ति सुरक्षाको विषयमा विश्लेषण र सुरक्षा निकायबाट सुरक्षा संयन्त्रको अवस्थाको बारेमा ब्रिफिङ भएको हो।’
आउँदो नयाँ बजेटमा के-कस्ता विषयवस्तु समावेश गर्ने भन्नेबारे पनि छलफल भएको थियो। तर, बैठकको सबैभन्दा महत्वपूर्ण एजेन्डा भने स्रोतका अनुसार फरक रहेको छ। शुक्रबार मन्त्रिपरिषद बैठकपछि नै मन्त्री गुरुङले सुरक्षा निकायहरूसँग पहिलो चरणको छलफल गरिसकेका थिए। त्यसको भोलिपल्ट शनिबार बिहान नै ओली र लेखक पक्राउ परेका थिए।
शनिबार अपराह्नको बैठकमा भने पक्राउपछि देशभरि भएका प्रदर्शनहरूको समीक्षा गरिएको स्रोतले जानकारी दिएको छ। नेकपा एमालेले ओलीको रिहाइ माग गर्दै शनिबार अपराह्न काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रसहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो। स्रोतका अनुसार यही विषयमा गहन छलफल भएको हो।
स्रोतले भन्यो, ‘कताकता के कस्तो भयो भन्ने विषयमा समीक्षा भएको हो। सुरक्षा परिचालन कहाँ कति भयो। कहाँ पुग/अपुग भयो भन्ने बारेमा छलफल भयो।’
पक्राउपछि सिर्जित परिस्थिति, सुरक्षाको तयारी, र आगामी दिनमा हुन सक्ने सम्भावित आन्दोलनहरूको पूर्वतयारीका रूपमा यो बैठकलाई हेरिएको छ। गृह मन्त्रालयले भने बैठकलाई नियमित समीक्षाका रूपमा प्रस्तुत गरेको छ। तर, पक्राउपछिको पहिलो ठूलो सुरक्षा समीक्षा भएका





