२२ बैशाख २०८३, मंगलवार

माइतीघरमा एमाले–प्रहरी झडप : लाठीचार्जमा आधा दर्जन घाइते

काठमाडौँ — नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच माइतीघर क्षेत्रमा झडप भएको छ। अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा रोक्न खोजेपछि झडप सुरु भएको हो।

प्रदर्शनकारीले अवरोध तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो। घटनामा आधा दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार एक जनाको टाउको फुटेको छ भने अन्यको सामान्य चोटपटक लागेको छ। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ।

अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विरोधमा एमालेले दोस्रो दिन पनि प्रदर्शन जारी राखेको छ। देशभरका विभिन्न जिल्लामा पनि प्रदर्शन भइरहेको छ। एमालेले आफ्ना नेताहरूको पक्राउ राजनीतिक प्रतिशोध भएको भन्दै निषेधाज्ञा सहितका कार्यक्रम घोषणा गरिसकेको छ। यसैबीच, प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ भने प्रदर्शनकारीहरू भने ओलीको रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button