२२ बैशाख २०८३, मंगलवार

‘प्रभावकारी उपचारको व्यवस्था गर्नू’ : ओलीको स्वास्थ्यलाई ध्यान दिँदै अदालतको आदेश

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश दिएको छ। न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार ओलीलाई ५ दिन म्याद थप गर्दै उनको उपचारको व्यवस्था गर्न समेत आदेश जारी गरेको हो।

अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरिदिएको छ।’ पक्राउलगत्तै अस्पताल भर्ना भएका ओली बिरामी भएकाले इजलासमा भर्चुअल रूपमा उपस्थित भएका थिए।

ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा उनी प्रधानमन्त्री थिए भने पूर्वगृहमन्त्री रमेश लेखक तत्कालीन गृहमन्त्री थिए। सो आन्दोलनको दमनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगले दुवै जनालाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो। अदालतको यो आदेशले ओलीको स्वास्थ्यप्रति संवेदनशीलता देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button