२२ बैशाख २०८३, मंगलवार

जापानी नागरिकको सडक प्रदर्शन : ‘चीनसँग माफी माग, सरकार जिम्मेवार बन’

टोकियो — जापानको राजधानी टोकियोस्थित चिनियाँ दूतावासमा मंगलबार एक सक्रिय सुरक्षा बल (एसडीएफ) अधिकृतले जबरजस्ती प्रवेश गरी चिनियाँ कूटनीतिक कर्मचारीलाई मार्ने धम्की दिएको घटनापछि शनिबार साँझ सयौँ जापानी नागरिक टोकियोको व्यस्त जिल्ला सिन्जुकुमा जम्मा भए। उनीहरूले सरकारले चीनसँग औपचारिक माफी माग्नुपर्ने माग गर्दै नाराबाजी गरेका छन्।

प्रदर्शनकारीले हातमा प्लेकार्ड बोकेर ‘एसडीएफ अधिकृतको जघन्य कार्यको लागि माफी माग’, ‘यो भयानक घटनाको जिम्मेवारी ले’, ‘सरकारको तर्फबाट हामी चीनसँग माफी माग्छौँ’ जस्ता नारा लगाएको जापानी सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूको दबाब जापान सरकार र प्रधानमन्त्री सानाए ताकाइचीमाथि केन्द्रित छ।

चिनियाँ दूतावासका अनुसार मंगलबार बिहान ‘जापानी सुरक्षा बलको सक्रिय अधिकृत’ भएको दाबी गर्ने एक व्यक्तिले पर्खाल नाघी जबरजस्ती दूतावासभित्र प्रवेश गरी चिनियाँ कूटनीतिक कर्मचारीको हत्या गर्ने धम्की दिएको थियो। सो घटनापछि चिनियाँ दूतावासले जापानी पक्षसँग औपचारिक प्रतिनिधित्व र कडा विरोध जनाउँदै जिम्मेवारीपूर्ण व्याख्या माग गरेको छ।

तर, हालसम्म जापान सरकारले उक्त घटनालाई ‘दुःखद’ भनेर मात्र अभिव्यक्त गरेको छ। न त औपचारिक माफी नै मागिएको छ, न त विशिष्ट कारबाहीको घोषणा नै गरिएको छ। यसैवीच जापानी नागरिकको यो प्रदर्शनले सरकारमाथि थप दबाब सिर्जना गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button