२२ बैशाख २०८३, मंगलवार

नगरकोटको चार रात: राजा ज्ञानेन्द्र ‘चेकआउट’, राजनीतिक समीकरणको बीचमा रहस्यमय बसाइ

काठमाडौँ — राजा ज्ञानेन्द्र वीरविक्रम शाहले नगरकोटको सोल्टी होटलमा चार रात बिताएर आज ‘चेकआउट’ गर्नुभएको छ। गत चैत १२ गतेदेखि उक्त होटलमा बसिरहनुभएका उहाँ आज बाहिरिनुभएको हो। उहाँको यो बसाइले राजनीतिक वृत्तमा विभिन्न चर्चा र अनुमानहरू जन्माइरहेको छ।

स्रोतका अनुसार राजा परिवारसहित नभई करिब सात जनाको टोली लिएर होटल पुग्नुभएको थियो। होटल स्रोतले भन्यो, “उहाँ चैत १२ गतेदेखि होटलमा बसिरहनुभएको थियो। आज चेकआउट गर्नुभएको छ। राजाको परिवार हुनुहुन्नथ्यो, अरू सात जना उहाँसँग आउनुभएको थियो। सबै सँगै निस्किनुभएको छ।”

यद्यपि, राजाको यस बसाइको औपचारिक कारण भने खुलाइएको छैन। निजी रहस्यमय यात्रा भनिए पनि उनको उपस्थितिले राजनीतिक दलहरूबीच चलिरहेको समीकरणसँग जोडेर हेर्नेहरूको सङ्ख्या पनि उल्लेखनीय छ।

यसैबीच, सत्ता गठबन्धन र प्रतिपक्षी दलहरूबीचको समीकरणले पनि नयाँ मोड लिइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच केही समझदारी जुटाएर संसद्मा दुईतिहाइ पुर्याउने सम्भावना बढेको राजनीतिक वृत्तका स्रोतहरूले बताएका छन्। यसरी हेर्दा राजाको नगरकोट बसाइ र नयाँ राजनीतिक समीकरणबीचको सामयिक सङ्गति पनि चर्चाको विषय बनेको छ।

होटलबाट बाहिरिएपछि राजा कहाँ जानुभएको छ भन्ने खुलाइएको छैन। तर, उहाँको यो पटकको बसाइले गणतन्त्रको स्थापनापछि उहाँको सार्वजनिक उपस्थिति र त्यसले राजनीतिक वृत्तमा पार्ने प्रभावबारे पुनः बहस सुरु गराएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button