२२ बैशाख २०८३, मंगलवार

वरिष्ठ अधिवक्ता भट्टराईको चेतावनी : ‘पपुलिजमको उत्कर्षमा न्यायालयको धेरै भरोसा नगर, प्रतिपक्ष एकताबद्ध होऊ’

काठमाडौँ — वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वर्तमान राजनीतिक परिस्थितिमा विपक्षी दलहरूले न्यायालयबाट धेरै अपेक्षा राख्न नहुने र आफूलाई सच्याएर एकताबद्ध भई अगाडि बढ्नुपर्ने आह्वान गरेका छन्। पपुलिजमको उत्कर्षसँगै नागरिक हक, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको ठाउँ संकुचित हुने उनको चिन्ता छ।

सोमबार सामाजिक सञ्जालमार्फत विपक्षीहरूलाई सम्बोधन गर्दै भट्टराईले लेखेका छन्, ‘कांग्रेस, एमाले र अरु प्रतिपक्षिहरू, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाइँ एकसाथ लड्न तयार रहनुस्। यो लडाइँ अलि लामो हुन सक्छ। तसर्थ पहिले आफ्नो घर जे गर्दा बलियो हुन्छ त्यसै गर।’

उनले विपक्षी दलहरूलाई स्पष्ट चेतावनी दिँदै भनेका छन्, ‘भ्रष्ट, अनैतिक र तिरस्कृत अनुहारहरूलाई बिदा गर। पपुलिजमको उत्कर्षमा न्यायालयको धेरै भरोसा नगर।’

वरिष्ठ अधिवक्ता भट्टराईले आगामी दिनमा नेपालमा नागरिक हक, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको ठाउँ संकुचित हुने चिन्ता व्यक्त गर्दै लेखेका छन्, ‘पपुलिजमको उत्कर्षमा नागरिक हक, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको स्पेस संकुचित हुन्छ भन्ने हेक्का राख।’

हाल नेपालको राजनीतिक परिदृश्यमा न्यायालय र कार्यकारी निकायबीचको सम्बन्ध, सत्ता गठबन्धनको भूमिका र विपक्षी दलहरूको रणनीतिलाई लिएर तीव्र बहस चलिरहेको छ। यसै सन्दर्भमा भट्टराईको यो अभिव्यक्तिले विपक्षी दलहरूलाई न्यायिक हस्तक्षेपमा मात्र निर्भर नरही संगठनात्मक र राजनीतिक रूपमा सबल बन्न आग्रह गरेको रूपमा हेरिएको छ।

साथै, उनले ‘भ्रष्ट, अनैतिक र तिरस्कृत अनुहार’ लाई हटाउनुपर्ने आवश्यकतामा जोड दिँदै विपक्षी दलहरूले आन्तरिक रूपमा सुधार गर्नुपर्ने सुझाव पनि दिएका छन्। कानूनी क्षेत्रका वरिष्ठ व्यक्तित्वको यो अभिव्यक्तिले विपक्षी एकताको विषयमा नयाँ बहस सुरु गराएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button