२२ बैशाख २०८३, मंगलवार

रुसी सिनेमाको रंग : ७० वर्षपछि काठमाडौँमा अन्तर्राष्ट्रिय महोत्सव

काठमाडौँ — नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा ‘रुसी चलचित्र दिवस’ आयोजना हुने भएको छ। अप्रिल ३ देखि ६ सम्म चल्ने यस महोत्सवले नेपाली दर्शकलाई रुसी सिनेमाको स्वाद चखाउने तयारी गरेको छ।

रोस्किनोको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (एनआइएफएफ) अन्तर्गत आयोजना हुन लागेको यस महोत्सवमा विभिन्न विधाका पाँच उत्कृष्ट रुसी चलचित्र प्रदर्शन गरिने भएको छ। दर्शकले देख्न पाउने चलचित्रहरू हुन् :

· ‘अगस्ट’ : भ्लादिमिर बोगोमोलोभको उपन्यासमा आधारित सैनिक नाटक
· ‘हुभसे भ्सेख’ : किशोर जीवनमा आधारित नाट्य–हास्य चलचित्र
· ‘भिजोभ’ : विश्वकै पहिलो अन्तरिक्षमा सुटिङ गरिएको चलचित्र
· ‘डक्टर डाइनोसर’ : मनोरञ्जनात्मक पारिवारिक एनिमेसन
· ‘प्रोरोक : इस्तोरिया अलेक्जान्द्रा पुस्किना’ : रुसी साहित्यका महान् हस्ती अलेक्जान्दर पुस्किनको जीवनीमा आधारित चलचित्र (यो चलचित्र महोत्सवको प्रतिस्पर्धात्मक श्रेणीमा समावेश गरिएको छ)

रुसी चलचित्र दिवसले नेपाली दर्शकलाई रुसी सिनेमाको विविधता, प्रविधि र कलात्मकतासँग परिचित गराउने विश्वास गरिएको छ। रोस्किनोले यस महोत्सवलाई नेपाल–रुसबीचको सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण कोसेढुङ्गाका रूपमा लिएको छ।

चलचित्र महोत्सवको प्रतिस्पर्धात्मक श्रेणीमा सहभागी ‘प्रोरोक : इस्तोरिया अलेक्जान्द्रा पुस्किना’ का लागि रुसी पक्षले शुभकामना समेत व्यक्त गरेको छ। सात दशक लामो कूटनीतिक सम्बन्धको उपलक्ष्यमा आयोजना हुन लागेको यो सांस्कृतिक आयोजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button