२० बैशाख २०८३, आईतवार

“कमिसनकै भरमा पत्रकारिताको मर्म मर्यो : वरिष्ठ पत्रकार राठौर”

काठमाडौं – नेपाली पत्रकारिताको बिग्रँदो चरित्रप्रति वरिष्ठ पत्रकार हरिहरसिंह राठौरले चिन्ता व्यक्त गरेका छन्। उनले पत्रकारहरू अल्छी, कमिसनखोर र विज्ञापनको दलाल बन्दै गएको भन्दै पत्रकारिताको मूल मर्म नै मासिएको ठहर गरेका छन्।

राठौरका अनुसार विज्ञापनको कमिसन समाचार लेखनभन्दा बढी आम्दानीको स्रोत बन्न थालेपछि पत्रकारहरू आफ्नो धर्मबाट च्युत भएका छन्। “समाचार खोज्ने पत्रकार अझै पैदल हिँड्न बाध्य छन् भने विज्ञापन खोज्ने पत्रकारले कार किनिसके,” उनले भने।

उनले प्रश्न गरे, “अनि विशुद्ध पत्रकार खोज्ने नेपाली कता होलान् ?”

राठौरको यो टिप्पणीले नेपाली पत्रकारिताको व्यावसायिक मोड र नैतिक संकटलाई पुनः बहसमा ल्याएको छ। विज्ञापनको कमिसनप्रतिको अन्धाधुन्ध दौडले गुणस्तरीय समाचारभन्दा व्यापारलाई प्राथमिकता दिन बाध्य पारेको उनको तर्क छ।

यसले पत्रकारिताप्रतिको सर्वसाधारणको विश्वास कमजोर बन्दै गएकोमा राठौरले गम्भीर चिन्ता व्यक्त गरे। उनले समयमै पत्रकारिता सुधार नभए आगामी दिनमा यो पेसा अस्तित्वमा रहन मुस्किल पर्ने संकेतसमेत गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button