२० बैशाख २०८३, आईतवार

बादलको देशभक्तिपूर्ण गर्जनप्रति एमालेको आपत्ति अनौठो छ : खम्बु चन्द

काठमाडौं – अथक नेशनल म्यागजिनका प्रकाशक तथा प्रधानसम्पादक खम्बु चन्दले एमाले नेता रामबहादुर थापा ‘बादल’को संसदीय अभिव्यक्तिप्रति पार्टीभित्रैबाट आपत्ति जनाइएकोमा तीव्र प्रतिक्रिया दिएका छन्। उनले बादलको देशभक्तिपूर्ण गर्जनलाई सही ठहराउँदै एमालेको असन्तुष्टिलाई ‘अनौठो’ संज्ञा दिएका छन्।

खम्बु चन्दले भनेका छन् : “हिजो एमाले नेता कमरेड रामबहादुर थापा ‘बादल’ले सदनमा बोलेको विषयलाई लिएर एमालेकै अर्का नेता विष्णु पौडेलले आपत्ति जनाएका छन्। बेला मौकामा गर्जिए पनि पानी पार्न नसक्ने बादलको राजनीतिक चरित्र देशभक्त रहँदै आएको कुरा सर्वविदित छ। हिजो सदनमा उनले सही र सशक्त कुरा बोलेका छन्।”

उनले एमाले पार्टीभित्रको विदेशी एजेन्डाप्रति समेत प्रश्न उठाउँदै भने : “उनको देशभक्तिपूर्ण गर्जनप्रति एमालेको आपत्ति हुनु अनौठो कुरा होइन। एमाले एनजीओरूपी धमिराहरूले सिध्याएको पार्टी हो। मदन भण्डारीको हत्यापछि एमालेलाई एनजीओकरण गरिएको थियो। पछिल्लो समय बादललाई एमाले संसदीय दलको नेता बनाइएकोमा एमालेभित्रका एनजीओवादीहरूको असन्तुष्टि रहनु पनि यसैको उपज हो।”

नेता विष्णु पौडेलको आलोचना गर्दै खम्बु चन्दले अगाडि भने : “विष्णु पौडेल मार्काका साम्राज्यवादका थोत्रा हलीहरू, जो आज साम्राज्यवादकै लागि असान्दर्भिक साबित भइसकेका छन्, ले बादलहरूको देशभक्तिपूर्ण गर्जनप्रति आपत्ति जनाउनु स्वभाविक छ।”

अन्त्यमा उनले बादलको देशभक्तिपूर्ण गर्जनलाई निरन्तरता दिन आग्रह गर्दै भने : “पानी पार्न नसके पनि बादलको स्वभाव गर्जिनु हो। यो देशभक्तिपूर्ण गर्जन निरन्तर जारी रहोस्। कम्तिमा यो देशभक्तिको दुन्दुभिले देशद्रोही लफङ्गाहरुको निद हराम गरिरहनेछ।”

खम्बु चन्दको यो धारणाले एमालेभित्रको आन्तरिक विवाद र देशभक्ति बनाम विदेशी प्रभावको बहसलाई फेरि उत्कर्षमा पुर्याएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button