१२ बैशाख २०८३, शनिबार

पार्टीको लेटरहेड प्रयोग गरेर प्रेस विज्ञप्ति जारी गरेपछि पूर्णबहादुर खड्कासँग कांग्रेसको स्पष्टीकरण माग

काठमाडौं। नेपाली कांग्रेसले पूर्व उपसभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ। केन्द्रीय अनुशासन समिति बैठकको निर्णयानुसार उनले ७ दिनभित्र स्पष्टीकरण बुझाउनुपर्ने भएको छ। कांग्रेसले खड्काले पार्टीको आधिकारिक लेटरहेड प्रयोग गरेर प्रेस विज्ञप्ति जारी गरेको विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ। यसअघि पनि यस्तो कार्य नगर्न सचेत गराइएको तर उक्त कार्य नरोकिएपछि समितिले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले खड्कासँग कांग्रेसको विधान २०१७ (संशोधनसहित) अनुसार लिखित स्पष्टीकरण मागेको हो। समितिले प्रतिनिधिसभा निर्वाचन २०७९ मा अनुशासन उल्लंघनसम्बन्धी उजुरी दर्ताको म्याद २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय पनि गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button