१२ बैशाख २०८३, शनिबार

प्रधानमन्त्री कार्यालयको निर्देशन : सबै मन्त्रालयका दुई र चार पाङ्ग्रे सवारीको विवरण माग, भोलिसम्मै पठाउन कडाइ

काठमाडौं। नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय र अन्तर्गतका विभाग एवं कार्यालयहरूमा प्रयोग भइरहेका सवारी साधनहरूको विस्तृत विवरण माग गरेको छ। कार्यालयले आज एक पत्र काट्दै सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको हो। सचिवस्तरको निर्णयअनुसार पठाइएको उक्त पत्रमा मन्त्रालय र त्यस मातहतका निकायहरूमा प्रयोगमा रहेका वा मर्मत कार्य भइरहेका सबै सवारी साधनहरूको विवरण उपलब्ध गराउन भनिएको छ।

प्रधानमन्त्री कार्यालयले भोलि वैशाख ३ गते कार्यालय समयभित्रै प्राप्त हुने गरी विवरण पठाउन कडाइका साथ निर्देशन दिएको छ। विवरणका लागि एउटा निश्चित ढाँचा (तपसिल) समेत पठाइएको छ, जसमा सवारीको ब्रान्ड र मोडेल, नम्बर, गियर सिस्टम, इन्धनको प्रकार (डिजेल/पेट्रोल/विद्युतीय), प्रयोगकर्ताको नाम, पद र सवारीको वर्तमान अवस्था खुलाउनुपर्नेछ। यो कदमले सरकारी सवारी साधनको अवस्था र खर्चको पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button