११ बैशाख २०८३, शुक्रबार

सम्पत्ति शुद्धीकरण प्रकरणका बिचौलिया भट्टको निकटस्थ विदेश भागे, हङकङमा सम्पत्ति जोडेकाे शंका

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा हिरासतमा रहेका बिचौलिया दीपक भट्टका एकजना निकटस्थ विदेश भागेका छन्। विभिन्न कम्पनीमा सेयर होल्डरसमेत रहेको भनिएका भारतीय नागरिक उपेन्द्र हिरावत भट्ट पक्राउपछि भारत हुँदै हङकङ पुगेको स्रोतको दाबी छ। उपेन्द्र भट्टका अति निकटस्थ र विश्वासपात्र हुन्।

उपेन्द्रका नाममा हङकङमा भट्टले सम्पत्ति जोडेको बुढिन्छ। उक्त समूहले हङकङ, सिंगापुर, दुबई, बैंककमा स्थायी सम्पत्ति जोडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यो घटनाले सम्पत्ति शुद्धीकरण अनुसन्धानलाई थप जटिल बनाएको छ। प्रारम्भिक अनुसन्धानले भट्ट समूहको अन्तर्राष्ट्रिय सम्पत्ति सञ्जालको संकेत गरेको छ। तर, यसको विस्तृत विवरण भने आउन बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button