७ बैशाख २०८३, सोमबार

नाइजेरियामा सैन्य हवाई आक्रमणमा गाउँको बजार ध्वस्त : ३० देखि २०० सम्मको मृत्युको आशङ्का

जिल्ली (नाइजेरिया) । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा शनिबार साँझ एक सैन्य हवाई आक्रमणमा गाउँको बजार ध्वस्त हुँदा ३० देखि २०० जनासम्मको मृत्यु भएको आशङ्का गरिएको छ। स्थानीय सञ्चारमाध्यमहरूले आइतबार दिएको जानकारी अनुसार बोर्नो र योबे राज्यहरूको सीमावर्ती क्षेत्रमा रहेको जिल्ली गाउँमा साप्ताहिक बजार लागेका बेला उक्त हवाई आक्रमण भएको थियो।

विभिन्न स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार मृतकको सङ्ख्या ३० देखि २०० सम्म हुन सक्ने अनुमान गरिएको छ। घटनामा थप सर्वसाधारणको मृत्यु भएको आशङ्का गरिएको छ। अधिकारीहरूले यस घटनाबारे तत्काल कुनै आधिकारिक विवरण सार्वजनिक गरेका छैनन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button