७ बैशाख २०८३, सोमबार

अमेरिकाका लागि दक्षिण अफ्रिकी राजदूतमा मेयर नियुक्त

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले रुल्फ मेयरलाई संयुक्त राज्य अमेरिकाका लागि देशको नयाँ राजदूत नियुक्त गरेको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन्।

दक्षिण अफ्रिकी प्रसारण निगम (एसएबीसी) ले राष्ट्रपति रामाफोसाका प्रवक्ता भिन्सेन्ट माग्वेन्यालाई उद्धृत गर्दै दिएको समाचार अनुसार पूर्वराजदूत इब्राहिम रसुललाई सन् २०२५ मार्च १४ मा निष्कासन गरिएयता रिक्त रहेको वासिङ्टनस्थित राजदूत पदमा मेयरले जिम्मेवारी सम्हाल्नेछन्।

रसुलले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको सार्वजनिक रूपमा आलोचना गरेपछि संयुक्त राज्य अमेरिकाले उनलाई ‘व्यक्तित्वहीन’ (पर्सोना नन ग्राटा) घोषित गरेको थियो। त्यसयता एक वर्षभन्दा बढी समयदेखि उक्त कूटनीतिक पद रिक्त रहेको थियो। रसुलको प्रस्थानपछि राष्ट्रपति रामाफोसाले सन् २०२५ अप्रिलमा पूर्वउपअर्थमन्त्री म्सेबिसी जोनासलाई अमेरिकाका लागि विशेष दूत नियुक्त गरेका थिए। तर, सञ्चारमाध्यमका अनुसार जोनासले सन् २०२० मा ट्रम्पलाई ‘जातिवादी, समलिङ्गीप्रति घृणा राख्ने र आत्मरति दक्षिणपन्थी’ भनी लगाएको टिप्पणीका कारण अमेरिकी सरकारले उनलाई कूटनीतिक भिसा दिन अस्वीकार गरेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button