२९ बैशाख २०८३, मंगलवार

ओलीले शीतल निवासमा बोलेपछि प्रचण्डको जवाफ

गत साता राष्ट्रपति रामचन्द्र पौडेलको सहजीकरणमा शीतल निवासमा तीन ठूला दलका नेता तथा भूतपूर्व प्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री सुशीला कार्कीको संयुक्त भेटवार्ता भएको थियो । त्यसैको जगमा अस्ति शनिबार दिउँसो बालुवाटारमा पनि प्रधानमन्त्री कार्कीले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पुनः भेटवार्ता गर्नुभयो ।

शीतल निवासमा भएको भेटमा आफ्नो भनाइ राख्ने क्रममा एमाले अध्यक्ष ओलीले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा आफू बयान दिन नजाने अडान लिएका थिए । उनको भनाई थियो, ‘बरु मलाई गोली ठोक्नु,कुनै हालतमा बयान दिन जान्नँ । त्यो आयोगको कामै छैन ।’

ओलीको चर्को आवाजपछि प्रचण्डले जवाफ दिँदै भनेको सन्दर्भ उल्लेख गर्दै स्रोत भन्छ,  ‘कहाँ जान्न भनेर हुन्छ ? जानैपर्छ । यसरी जाँदा कानुनको सम्मान गरेको देखिन्छ । आयोगमा गएर बोल्न मन लागे बोल्नुस्,मन नलागे नबोल्नुस् । तिक्तता बढाउन चाहिँ  हुन्न ।’

सोही क्रममा राष्ट्रपति पौडेलले पनि ‘यसो बयान जस्तो दिए  गरे भइहाल्यो नि’ भनेर सम्झाएपछि ओलीको भनाइ थियो, ‘म कहाँ बयान दिन जान्छु ? बयान लिनैपर्ने भए मेरो घरमा मान्छे पठाउनु । म चिया खुवाएर गफ गरेर पठाइदिउँला ।’

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button