८ बैशाख २०८३, मंगलवार

ट्रम्पकाे ४८ घण्टे अल्टिमेटम : उनले भने – हर्मुज खोल, नत्र नरकको आगो वर्षिनेछ’

वाशिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज जलडमरुमा खोल्ने सम्बन्धमा सम्झौता गर्न ४८ घण्टे अल्टिमेटम दिएका छन्। शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले लेखेका छन् – ‘सम्झनुहोस्, मैले इरानलाई १० दिनको समय दिएको थिएँ, या त सम्झौता गर, वा हर्मुज जलडमरु मार्ग खोलिदे। अब समय सकिँदै छ – ४८ घण्टाभित्र तिनीहरूमाथि नरकको आगो वर्षिनेछ।’

यो ट्रम्पको पछिल्लो चेतावनी हो। यसअघि मार्च २१ मा उनले इरानले ४८ घण्टाभित्र हर्मुज जलडमरुमा पूर्ण रूपमा नखोले इरानका विद्युत गृहहरूमाथि ‘प्रहार र ध्वस्त’ पार्ने धम्की दिएका थिए। तर दुई दिनपछि तेहरानसँग ‘रचनात्मक वार्ता’ भएको बताउँदै उनले पाँच दिनको स्थगन गरे। त्यसपछि फेरि उनले समयसीमा थपे। तर अब फेरि उनले कडा धम्की दिएका छन्।

ट्रम्पको पहिलो धम्की मार्च २१ मा थियो। त्यतिबेला उनले ४८ घण्टा दिएका थिए। त्यसपछि ‘रचनात्मक वार्ता’ भन्दै ५ दिन थपे। त्यसपछि फेरि समय थपिएको थियो। अहिले ट्रम्पले आफैंले दिएको १० दिने अल्टिमेटम सोमबार सकिँदै छ। त्यसको ठीक ४८ घण्टा अगाडि उनले पुनः ‘नरक’ को धम्की दिएका हुन्।

ट्रम्पको यो पछिल्लो धम्कीले विश्व बजारमा तेलको मूल्यमा उतारचढाव आउने निश्चित छ। हर्मुज जलडमरुमा विश्वको कुल तेल व्यापारको करिब २० प्रतिशत ढुवानी हुन्छ। यदि यो बन्द भयो भने विश्व अर्थतन्त्र सङ्कटमा पर्नेछ। ट्रम्पको धम्की साँचो हो कि अर्को कूटनीतिक दबाब मात्र हो, त्यो भने आउने ४८ घण्टामा थाहा हुनेछ। तर यति छ – इरानी शीर्ष कमान्डरले पहिले नै स्पष्ट पारिसकेका छन् – ‘कुनै पनि आक्रमणको जवाफ विनाशकारी र निरन्तर हुनेछ।’ अब विश्वको ध्यान हर्मुजको मुखमा केन्द्रित भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button