८ बैशाख २०८३, मंगलवार

ट्रम्पका विशेष दूत विटकोफ र ज्वाइँ कुसनर इस्लामाबादमा, उपराष्ट्रपति भान्स पनि आउँदै

इस्लामाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुसनर इरानसँगको ऐतिहासिक वार्ताका लागि शनिबार पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेका छन्। स्रोतका अनुसार उनीहरूलाई नूर खान हवाई अड्डामा पाकिस्तानी वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि केही बेरमै इस्लामाबाद विमानस्थलमा अवतरण गर्न लागेको स्रोतले जनाएको छ। उपराष्ट्रपति भान्सले अमेरिकी वार्ता टोलीको नेतृत्व गर्ने अपेक्षा गरिएको छ।

मध्यपूर्वमा जारी तनावलाई शान्तिपूर्ण निकास दिन र हालै घोषित दुई साताको युद्धविरामलाई दीर्घकालीन सम्झौतामा परिणत गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा यी उच्चस्तरीय वार्ताहरू हुन लागेका हुन्। अमेरिकी टोलीको आगमनसँगै इस्लामाबादमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ भने इरानी प्रतिनिधिमण्डल पनि चाँडै राजधानी आइपुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button