युद्धविरामपछि पनि ट्रम्पको धम्की : हर्मुज सफाइ अभियान सुरु, इरानका २८ वटै माइन बिछ्याउने जहाज ध्वस्त भएको दाबी

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग सफा गर्ने प्रक्रिया सुरु भएको घोषणा गर्दै इरानका सबै २८ वटा माइन बिछ्याउने जहाज (माइनलेइङ सिप) ध्वस्त भइसकेको दाबी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेखेका छन्, “हामीले अब हर्मुज जलडमरुमध्य सफा गर्ने प्रक्रिया सुरु गरिरहेका छौं।”
यो अभिव्यक्ति अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा भएको केही दिनपछि र इस्लामाबादमा दुई पक्षबीच शान्ति वार्ता जारी रहेकै बेला आएको हो। ट्रम्पको यो दाबीले युद्धविरामको औपचारिकता र मध्यस्थताका प्रयासहरूबीच पनि वासिङ्टनले जलमार्गमा आफ्नो सैन्य उपस्थिति र नियन्त्रणलाई निरन्तरता दिइरहेको सन्देश प्रवाह गरेको छ।





