७ बैशाख २०८३, सोमबार

उत्तरी लन्डनको सिनागोगमा आगजनी प्रयास, दुई पक्राउ

लन्डन । उत्तरी लन्डनस्थित एक सिनागोग (यहुदी प्रार्थनास्थल) मा आगजनी प्रयास गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको मेट्रोपोलिटन प्रहरीले बुधबार जनाएको छ।

प्रहरीले एक वक्तव्य जारी गर्दै उक्त घटनालाई यहुदी विरोधी घृणा अपराध (एन्टिसेमिटिक हेट क्राइम) का रूपमा हेरिएको जनाएको छ। वक्तव्यमा भनिएको छ कि ४७ वर्षीया महिला र ४६ वर्षीय पुरुषलाई जीवनलाई खतरामा पार्ने आगजनीको आशङ्कामा पक्राउ गरिएको हो।

दुई संदिग्धहरू बुधबार बिहान सिनागोगको झ्याल छेउमा दुईवटा सिसाका बोतलहरू राख्दै भवनमा इँटा प्रहार गरेको देखिएको थियो। पेट्रोल रहेको अनुमान गरिएको बोतलमध्ये एउटा इँटाले फुटेको थियो। तर, दुवै बोतलमा आगो लागेको थिएन र संदिग्धहरू घटनास्थलबाट भागेका थिए।

प्रहरी वक्तव्यमा भवनमा कुनै क्षति नभएको र कोही पनि घाइते नभएको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button